मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय बैठकले उपसभामुखमा रुबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय
  • मार्गरेखा संवाददाता

  • काठमाडौ चैत्र २७ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।

    आज बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । दलका नेता वालेन्द्र साहको अध्यक्षतामा बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेसहित सबैजसो सांसद सहभागी थिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीको तर्फबाट प्रस्तावित उम्मेदवार माननीय रूबी कुमारी ठाकुर (धनुषा) लाई मतदान गर्न संसदीय दलको बैठकले पारित गरेको छ’, पार्टी प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।

    उपसभामुखका लागि श्रम संस्कृतिकी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरस्वती लामाको उम्मेदवारी परेको छ । रास्वपाले उपसभामुखमा राप्रपालाई सघाउने निर्णय गरेको चर्चा थियो । राप्रपा सांसद ज्ञानबहादुर शाहीले रविसँगको सहमतिपछि आफ्नो पार्टीले उम्मेदवारी दर्ता गराएको दावी गरेका थिए ।

    उपसभामुख चयनका लागि आज मतदान हुँदैछ ।

  • २७ चैत्र २०८२, शुक्रबार १४:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित