मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ: मुख्यमन्त्री आचार्य
  • मार्गरेखा संवाददाता

  • रुकुम पूर्व  चैत्र २९  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र बलियो हुने भएकाले रुकुम पूर्वका सम्पदाको संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताउनुभएको छ ।
    सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा, रुकुमकोटमा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन प्राकृतिक स्रोत–साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धन अपरिहार्य रहेको धारणा राख्नुभएको हो ।‘यहाँका प्राकृतिक सम्पदालाई संरक्षण गरेर, जगेर्ना गरेर र प्रवद्र्धन गरेर आत्मनिर्भर बन्न सक्छौं,’उहाँले भन्नुभयो,‘यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भूमिका खेल्ने दायित्व हामी सबैको हो ।’
    उहाँले रुकुम पूर्वको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभयो ।‘प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । अझै धेरै काम गर्न बाँकी छन् । ती बाँकी कामलाई अगाडि बढाउन प्रदेश सरकारले ध्यान दिनेछ,’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्राकृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सबैले ध्यान दिन आवश्यक छ ।’
    पर्यटकलाई रुकुम पूर्व भ्रमण गराउने उद्देश्यले सरकारले योजनाबद्ध रूपमा काम गर्ने पनि उहाँले बताउनुभयो ।‘यहाँ पर्यटक भित्र्याउन हामी सबैले सक्रिय हुनुपर्छ,’उहाँले भन्नुभयो,‘हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने गरी सरकारले पहल गर्नेछ ।’

  • २९ चैत्र २०८२, आईतवार १२:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित