मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टी-२०आई टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरी चयन
  • मार्गरेखा संवाददाता

  • काठमाडौ बैशाख ४ ।    नेपाली क्रिकेट टोलीले आगामी सोमबार र मंगलबार यूएईसँग घरेलु मैदानमा दुई खेलको टी-२०आई शृंखला खेल्दै छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले  नेपालमा रातको समयमा फ्लडलाइटमा पहिलोपटक  घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ । यस खेलका लागि नेपाली टोलीमा उल्लेख्य परिवर्तन समेत गरिएको ।

    टी-२० विश्वकपसम्म नेपाली टोलीको कप्तानी गरेका रोहित पौडेल यी दुई खेलका लागि १५ सदस्यीय टोलीमै परेका छैनन् । कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । यसअघि दीपेन्द्र उपकप्तान रहँदै आएका थिए ।

    रोहित ओडीआई टोलीको कप्तान भने कायमै छन् ।

    नियमित कप्तान रोहित पौडेलसहित अनुभवी सिनियर खेलाडी सोमपाल कामी र करण केसी टी-२०आई टोलीबाट बाहिरिएका छन् ।

    नेपाली क्रिकेट टोलीले हालसम्म विदेशमा मात्रै रातिमा खेल खेलेको छ । नेपालमा भने हालसम्म रातको समयमा अन्तर्राष्ट्रिय क्रिकेट भएको छैन  ।

    यूएईसँग अब हुने दुई खेल यही कारण ऐतिहासिक हुनेछ, फ्लडलाइटमा पहिलो अन्तर्राष्ट्रिय खेल हुने भएर । यसअघि नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट फ्लडलाइटमा खेलिएको थियो ।

    नेपालको टी-२०आई टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

  • ४ बैशाख २०८३, शुक्रबार १८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित