मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विद्यार्थी संगठनमाथि हस्तक्षेप नगर्न पुर्ण बहादुर खड्का को चेतावनी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, वैशाख ८ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पुर्ण बहादुर खड्काले विद्यार्थी संघ–संगठनमाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन्।
    मंगलबार जारी प्रेस वक्तव्यमा खड्काले नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थी संगठनहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको अस्तित्वमाथि प्रहार गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताएका छन्।
    वक्तव्यमा २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थी संगठनहरूको अग्रणी भूमिका रहेको स्मरण गरिएको छ। ती आन्दोलनहरूबाट प्राप्त उपलब्धि केवल शासन परिवर्तन मात्र नभई समाज रूपान्तरणको आधार बनेको पनि उनले उल्लेख गरेका छन्।
    खड्काले वर्तमान सरकारले लोकतान्त्रिक अधिकार प्रयोग गरेर स्थापित भएका विद्यार्थी संगठनहरूलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै यस्तो कदम अधिनायकवादी सोचतर्फ उन्मुख भएको बताएका छन्। उनले विद्यार्थी संगठनहरूलाई नीतिगत सुधारका लागि महत्वपूर्ण संस्था भन्दै तिनको स्वतन्त्रता कायम राख्नुपर्ने धारणा राखेका छन्।
    उनले संघ–संगठनमा देखिएका कमजोरी सुधार गर्न सरकार र सरोकारवालाबीच संवाद आवश्यक रहेको बताए। तर, सुधारका नाममा संगठनको अस्तित्व नै समाप्त गर्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारे।
    वक्तव्यको अन्त्यमा खड्काले लोकतन्त्रको रक्षा र इतिहासको सम्मान गर्न सरकारलाई आग्रह गर्दै अन्यथा विद्यार्थी शक्ति पुनः सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

  • ८ बैशाख २०८३, मंगलवार १८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित