मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विद्यार्थी नेताहरूको पक्राउप्रति कांग्रेसको आपत्ति, तत्काल रिहाइको माग
  • मार्गरेखा संवाददाता

  • काठमाडौ बैशाख ९  । नेपाल विद्यार्थी संघका केही नेताहरू पक्राउ परेका घटनाप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य ईं. भुवन भट्टसहित विद्यार्थी नेताहरू कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल वि.सीलाई पक्राउ गरी थुनामा राखिएको घटनाले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको जनाएको हो।
    पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस वक्तव्यमा लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशन स्वतन्त्रता, शान्तिपूर्ण हिँडडुल गर्ने अधिकार तथा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको उल्लेख गरिएको छ। यस्ता अधिकारको संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व रहेको कांग्रेसको धारणा छ।
    विज्ञप्तिमा नागरिकले आफ्नो अधिकार प्रयोग गर्दा पक्राउ गरी थुनामा राख्ने कार्यले विधिको शासन र नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गर्ने उल्लेख गरिएको छ। साथै, असहमतिलाई नियन्त्रण र दमन गर्ने सरकारी शैली संविधान र लोकतान्त्रिक मर्म विपरीत भएको कांग्रेसले जनाएको छ।
    कांग्रेसले लोकतन्त्रमा असहमति र विरोधलाई दमन होइन, संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। साथै, सम्बन्धित निकायसँग पक्राउ परेका विद्यार्थी नेताहरूलाई विना शर्त तत्काल रिहा गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहो¥याउन माग गरेको छ।

  • ९ बैशाख २०८३, बुधबार १८:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित