मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउने वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्ती हर्क साम्पाङ
  • मार्गरेखा संवाददाता

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले संसद् छलेर ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिएका हुन् ।

    अध्यक्ष साम्पाङले वरीयता मिचेर गरिएको निर्णयमा हस्ताक्षर गरेको भन्दै आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरको कदमप्रति समेत कडा असन्तुष्टि र खेद प्रकट गरेका छन् ।

    सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको उनको भनाइ छ । यसमा राजनीतिक र कानुनी स्वार्थ लुकेको उनले आशंका गरेका छन् । ‘संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन,’ उनले लेखेका छन्, ‘वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले । हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ ।’
    विज्ञप्तिमा सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेनजी आन्दोलनजस्ता विषयमा आफ्नो पक्षमा अदालतबाट निर्णय गराउने उद्देश्यले वरीयता मिचेर सिफारिस गराएको हुन सक्ने प्रशस्त आशंका रहेको उल्लेख छ ।
  • २५ बैशाख २०८३, शुक्रबार १४:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित