काठमाडौँ बैशाख २९ प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन्।
सोमबार पेस भएको नीति तथा कार्यक्रममा विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन नसमेटिएको भन्दै उनी रास्वपा सरकारसँग सामाजिक संजाल मार्फत मुर्मुरिएका हुन्।
उनले नेपालका नेताहरुका दिमागमा नवप्रवर्तन कहिल्यै नपरोस् भनी व्यंग्य पनि गरेका छन्।










