मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पन्ध्रौ महाधिवेशनका लागि टुङ्गीसकेका क्रियाशील सदस्यतालाई नै कायम हुने निर्बतमान कार्यबाहक सभापति पुर्ण बहादुर खडका
  • मार्गरेखा संवाददाता

  • काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनलाई पूर्ण एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न क्रियाशील सदस्यताको विषयमा स्पष्टता दिएका छन्।
    सोमबार जारी प्रेस विज्ञप्तिमार्फत खड्काले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम २०८२ पुस १० गतेसम्म अधिकतम रूपमा टुंग्याइएको स्मरण गराउँदै उक्त अवधिभित्र नवीकरण गर्न नपाएका तथा नयाँ सदस्यता लिन चाहने साथीहरूलाई समेत समेट्ने प्रयास भइरहेको बताएका छन्।
    विज्ञप्तिमा पुस १० गतेपछि नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यताको अवस्थाबारे पार्टीभित्र चासो र जिज्ञासा बढिरहेको उल्लेख गर्दै त्यस्ता सदस्यतालाई पनि कायम गरी सम्बन्धित सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुने अवसर सुनिश्चित गर्न आफूहरू दृढ र प्रतिबद्ध रहेको जनाइएको छ।
    खड्काले स्वदेश तथा विदेशमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्ता, क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई यस विषयमा आश्वस्त रहन आग्रह गरेका छन्। उनले पार्टीको एकता, समावेशिता र व्यापक सहभागिताका आधारमा १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन्।
    विज्ञप्तिको अन्त्यमा खड्काले सबैलाई स्पष्ट र आश्वस्त पार्ने उद्देश्यले उक्त धारणा सार्वजनिक गरिएको उल्लेख गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने अभियानमा सहयोग गर्न आह्वान गरेका छन्।

  • १८ जेष्ठ २०८३, सोमबार २१:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित