सुर्खेत असार ३२ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयले कँडेलविरुद्ध अविश्वासको प्रस्ताव कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गरिएको हो ।
अविश्वासको प्रस्तावमा १६ जना सांसदले हस्ताक्षर गरेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।










