मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाग्मती प्रदेशबाट एमालेका सबै ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा
  • मार्गरेखा संवाददाता

  • हेटाैडा साउन ६ ।   बागमती प्रदेश सरकारमा नेकपा (एमाले)बाट सहभागी सबै ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

    केन्द्रीय तहमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएसँगै प्रदेश सरकारको नयाँ सत्ता समीकरणका लागि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

    राजीनामा दिने मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका छन्।

  • ६ श्रावण २०८३, बुधबार ११:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित