मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली काँग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्नो नेता कार्यक्रता कडा निर्देशन न माने कार्बाहि गरिने चेतावनी
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन १३ । नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाबारे कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार एक सन्देश जारी गरी यस्तो आग्रह गरेका हुन् ।

    ‘यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो,’ सन्देशमा भनिएको छ, ‘धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्त्वप्रति चनाखो रहन आवश्यक छ ।’

    अफवाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउनसक्ने कांग्रेसले भनेको छ । ‘यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाएपनि समाजले संयम गुमाउनु हुँदैन । अत: अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ कांग्रेसको सन्देशमा भनिएको छ ।

    यस्तै, कांग्रेसले पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्‍याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन निर्देशन दिएको छ ।

    साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ,’ कांग्रेसले भनेको छ ।

    निर्देशनको उल्लंघन गरेमा विधानबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

  • १३ श्रावण २०८३, बुधबार १९:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित