मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पुर्व राजाज्ञानेन्द्र शाहद्वारा सद्भाव कायम राख्न अपिल
  • मार्गरेखा संवाददाता

  • काठमाडौ  साउन १४ ।  पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले नेपाली समाजमा विद्यमान धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावलाई जोगाइ राख्न सबै नेपालीलाई आग्रह गरेका छन्।
    बिहिवार  जारी गरिएको एक सद्भाव सन्देशमा उनले नेपाल निर्माणको प्रारम्भदेखि नै नेपाली समाज आपसी मेलमिलाप, प्रेम र सद्भावका आधारमा अघि बढेको उल्लेख गर्दै यही विविधताले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिलाएको बताएका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विशेषतालाई राष्ट्रिय गौरवका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
    सन्देशमा केही दिनअघि सुनसरी जिल्लाका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी क्षेत्र तथा तराईका अन्य भागसम्म फैलिएको घटनाप्रति दुःख व्यक्त गरिएको छ। यस्ता घटनाले समाजमा असहिष्णुता बढ्ने भन्दै उनले यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
    पूर्वराजा शाहले नेपाललाई सामाजिक सद्भाव र सहअस्तित्वको देशका रूपमा चिनाउँदै यस्ता अवाञ्छित घटना नेपाली समाजका मौलिक मूल्य र मान्यता विपरीत रहेको बताएका छन्। देशका जुनसुकै भूभागमा बसोबास गर्ने नेपालीबीच आपसी एकता, भाइचारा र सद्भाव कायम राख्न सबैलाई उनले अपिल गरेका छन्।
    सन्देशको अन्त्यमा उनले “जय नेपाल” उल्लेख गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव आजको प्रमुख आवश्यकता भएको बताएका छन्।

  • १४ श्रावण २०८३, बिहीबार १८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित