काठमाडौ साउन १६ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत डा. शशांक कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो ।
समूहका नेताहरूले राष्ट्रिय भेलालाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न समिति गठन गरिएको बताएका छन् । समितिले भेलाको सम्पूर्ण व्यवस्थापन, समन्वय तथा तयारीका कामहरू अघि बढाउने जनाइएको छ ।
इतर पक्षले काठमाडौंमा २९ देखि ३१ साउनसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो ।