मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतीय एसएसबीले सुस्ता गाउँपालिका ५ मा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्कायो
  • मार्गरेखा संवाददाता

  •  बुटवल साउन १७ ।  पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएपछि विवाद भएको छ ।

    स्थानीयका अनुसार आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेका थिए ।

    उनीहरूले सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएका स्थानीयले बताएका छन् । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयबासी प्रतिवादमा उत्रिएका छन् ।

  • १७ श्रावण २०८३, आईतवार १७:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित