मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रमुख प्रतिपक्ष दल कांग्रेसले पूर्वी तराईका जिल्लाहरूमा भएका घटनाहरूको स्वतन्त्र न्यायिक छानबिन गर्न माग
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन १८ ।  प्रमुख प्रतिपक्ष दल कांग्रेसले सुनसरीलगायत पूर्वी तराईका जिल्लाहरूमा भएका घटनाहरूको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ । सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई ‘कर्मकाण्डी’ संज्ञा दिँदै उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरूसँग महामन्त्री प्रदीप पौडेलले सुनसरीमा २ समुदायबीच भएको झडप र सुनसरी तथा सिरहामा गरी ३ जनाको मृत्यु भएको घटनालाई पार्टीले गम्भीरताका साथ लिएको बताए । कांग्रेसले यस विषयलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा सशक्त रूपमा उठाउने र न्यायिक समिति गठनका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यस प्रक्रियामा अन्य विपक्षी दलहरूसँग पनि सहकार्य र समन्वय गरिने महामन्त्री पौडेलले बताए । नागरिकका मुद्दा र आवाजलाई संसदसम्म प्रभावकारी रूपमा पुर्‌याउन कांग्रेसले आफ्ना सांसदहरूलाई जिल्लागत जिम्मेवारी तोक्ने निर्णय गरेको छ । कांग्रेसको तर्फबाट प्रतिनिधित्व नभएका जिल्लाहरूमा समेत राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई खटाई नागरिकसँग प्रत्यक्ष संवाद र समन्वय गर्ने संयन्त्र तयार पारिएको छ ।

    हालै सुनसरीमा भएको घटनाको छानबिन गृह मन्त्रालयले गठन गरेको समितिबाट सम्भव छैन भन्ने निष्कर्ष बैठकको छ । त्यसैले सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनबमोजिम कारबाही सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन समिति गठन गर्ने माग गरेकाे छ ।

  • १८ श्रावण २०८३, सोमबार १९:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित