मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा होल्डिङ सेन्टरका नागरिकको व्यवस्थापन गर्न नगर प्रमुख पुर्ण आचार्य लाई  रास्वपा कोहलपुरले  ध्यानाकर्षण पत्र बुझायाे
  • मार्गरेखा संवाददाता

  • कोहलपुर, साउन २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगर समितिले कोहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै होल्डिङ सेन्टरमा रहेका परिवारको व्यवस्थापन र नगरभित्रका केही सार्वजनिक समस्याको तत्काल समाधान गर्न माग गरेको छ।
    समितिका सभापति राजेन्द्र कुमार श्रेष्ठ ले नगर प्रमुख तथा नगर विकास समितिका अध्यक्षलाई बुझाएको पत्रमा नगर विकास समितिको अतिक्रमित जग्गाबाट हटाइएका परिवारलाई सरकारले तोकेको मापदण्डअनुसारको सुविधा उपलब्ध नभएको उल्लेख गरिएको छ।
    पत्रमा होल्डिङ सेन्टरमा रहेका परिवारले शुद्ध खानेपानी, दैनिक खाद्यान्न, व्यवस्थित शौचालय तथा बालबालिकाका लागि आवश्यक सामग्रीको अभाव झेलिरहेको भन्दै नगर विकास समितिको कोषबाट आवश्यक व्यवस्थापन गर्न आग्रह गरिएको छ।
    त्यसैगरी, विस्थापित परिवारको दीर्घकालीन बसोबासका लागि कोहलपुर नगरपालिकाभित्र रहेका ऐलानी तथा जंगलसँग जोडिएका जग्गाको खोजी गरी भूमि आयोग, प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायसँग समन्वय गरेर जग्गा व्यवस्थापन प्रक्रिया अघि बढाउन पनि रास्वपाले माग गरेको छ।
    ध्यानाकर्षण पत्रमा अर्को विषय उठाउँदै महेन्द्र राजमार्गअन्तर्गत कोहलपुर चौराहादेखि चपरगौडी–डुडुवा सडकखण्डमा रातिको समयमा पर्याप्त सडकबत्ती नहुँदा महिला, सर्वसाधारण र यात्रुहरू असुरक्षित भएको उल्लेख गरिएको छ। लुटपाट तथा अन्य आपराधिक घटना हुन सक्ने जोखिम न्यूनीकरणका लागि नगरपालिकाले तत्काल सडकबत्तीको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ।
    रास्वपाले नागरिकको आधारभूत आवश्यकता र सार्वजनिक सुरक्षासँग जोडिएका यी विषयमा सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्नेमा जोड दिएको छ।

  • २० श्रावण २०८३, बुधबार १४:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित