काठमाडौं साउन २६ । सरकारले सुनसरी र सिरहाको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका ४ जनालाई शहीद घोषणा गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रवीन्द्रकुमारा मेहता र सिरहा गणेशकुमार यादवलाई शहीद घोषणा गरेको प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
साउन ९ गते राति दुई समुदायबीचको झडपमा देवानगञ्ज ३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घाइते जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरमा र रवीन्द्रको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
देवानगञ्ज घटनापछि भड्किएको हिंसाका क्रममा सिरहा गोलबजारमा भएको प्रदर्शनमा गणेशकुमार यादवले ज्यान गुमाएका थिए ।









