काठमाडौँ साउन २७ । नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्का नेपाली कांग्रेसको राष्ट्रिय भेलामा सहभागि हुने भएका छन् । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालासंगको भेटपछि खड्का भेलामा सहभागि हुन तयार भएका हुन् । कोइराला नेता एनपी साउदलाई लिएर खड्काको निवास पुगेका थिए ।
डा कोइराला र खड्काको भेटपछि संयोजक डा कोइराला स्वकिय सचिव भरत तिवारीले यही २०८३ साल श्रावण २९, ३० र ३१ गते आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलाका संयोजक डा. शशांक कोइरालाले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरी राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेको उल्लेख गरेका छन् । उनले उक्त आग्रहप्रति कार्यवाहक सभापति खड्काले सकारात्मक धारणा व्यक्त गरेको तिवारीले फेसबुकमा लेखेका छन् ।
खड्काले आफू निकटहरूलाई आफू भेलामा सहभागि हुने बताएका छन् । उनी निकट एक नेताले भने–‘पूर्ण दाईले आफैले बोलाएको भेलामा आफू नजाने भन्ने कुरै नहुने भन्नुभएको छ । खाली अदालतबाट निस्सा नपाउनजेल पार्टी विभाजनमा लैजाने भएकाले आफू अलग भएको पनि बताउनुभएको छ ।’









