मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औँ र ३५औँ वार्षिक साधारणसभा तत्कालका लागि स्थगन गर्न उच्च अदालत अन्तरिम आदेश
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साउन २७ । नेपालगन्ज उद्योग वाणिज्य संघको ३४ औँ र ३५औँ वार्षिक साधारणसभा तत्कालका लागि स्थगन गर्न उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ ।

    तनवीर जमाल हलवाईले नेपालगन्ज उद्योग वाणिज्य संघलाई विपक्षी बनाएर अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिटमाथी प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश श्री कोशलचन्द्र सुवेदीको एकल इजलासले बुधबार आदेश जारी गरेको हो ।

    उक्त आदेश अनुसार संघले २०८३ साउन ८ गते जारी गरेको साधारणसभा सम्बन्धी सूचनाका आधारमा २०८३ साउन ३० गते शनिबार आयोजना गर्ने भनिएको ३४औँ र ३५ औँ वार्षिक साधारण सभाका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्न भनिएको छ ।

  • २७ श्रावण २०८३, बुधबार १८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित