मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले देउवालाई स्वागत गदै अभिभावकीय भूमिकाको पनि अपेक्षा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन २८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएकामा स्वागत गरेको छ । सभापति गगन थापाको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सार्वजनिक गरेका चार निर्णयमध्ये पहिलो निर्णयमै देउवालाई स्वागत गरेको विषय उल्लेख छ ।

    ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनु भएकोमा हार्दिक स्वागत गर्दछ,’ निर्णयमा भनिएको छ, ‘यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।’

    यस्तै, कांग्रेसको गर्विलो इतिहास निर्माणमा देउवाको भूमिकालाई पनि निर्णयमार्फत सम्झिएको छ । ‘लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ,’ निर्णयमा भनिएको छ ।

    यस्तै, केन्द्रीय समिति बैठकले देउवाबाट अभिभावकीय भूमिकाको पनि अपेक्षा गरेको छ निर्णयमा अगाडि भनिएको छ, ‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ ।’ साभार अनलाइन खबरबाट

     

  • २८ श्रावण २०८३, बिहीबार १९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित