देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास सम्मेलनले लिएको निर्णयमा उल्लेख छ । साथै १५ औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजक शशांक कोइरालाले नै संयोजन गर्ने निर्णय इतर समूहले गरेको छ ।
सम्मेलनले २०३३ सालमा बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राखेर राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि स्वदेश फर्केको स्मरण गर्दै आज पनि देश अप्ठेरो स्थितिमा रहेकोले राष्ट्रिय एवं लोकतन्त्रवादी
शक्तीहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियायाशील रहने निर्णय गरेको छ ।
धर्मबारे पनि सम्मेलनले महत्त्वपूर्ण र रणनीतिक निर्णय गरेको छ । ‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक
समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बाैद्ध, किराँत र प्राकृतिक धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ’, निर्णयको ३ नम्बर बुँदामा भनिएको छ ।
यस्तै वर्तमान संविधानमा जनअपेक्षाबमोजिम आवश्यक संशोधन गर्न संविधानमा भएको व्यवस्था अनुसार नै संम्बन्धित सबैसँग संवाद गरी निकास दिइने निर्णय पनि सम्मेलनले गरेको छ ।
‘२०८३ श्रावण ३० र ३१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरूलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन.पी.साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनवहादुर विश्वकर्मा र दीपक प्रसद कुइकेल रहनु हुनेछ’, अन्तिम तथा पाँच नम्बर बुँदाको निर्णयमा उल्लेख छ ।