महासचिव झाले सोमबार लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका हुन् ।
झाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न समेत लुम्बिनी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन्
एमालेले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएको छ । आचार्यले आज विश्वासको मत लिँदैछन् ।








