मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनीका मुख्य मन्त्री लाई दिएकाे समर्थन फिर्ता लिन संसदीय दललाई जसपा नेपालका महासचिवको निर्देशन
  • मार्गरेखा संवाददाता

  • दाङ भदाै १  । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी संसदीय दललाई पत्रबाट निर्देशन दिएका छन् ।

    महासचिव झाले सोमबार लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका हुन् ।

    झाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न समेत लुम्बिनी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन्

    एमालेले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएको छ । आचार्यले आज विश्वासको मत लिँदैछन् ।

  • १ भाद्र २०८३, सोमबार ११:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित