मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले लाई पदबाटै हटाउन सिफारिस
  • मार्गरेखा संवाददाता

  • जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई प्रदेश सभा सदस्यबाट हटाउन पार्टीको केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ।

    जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले भदौ ८ गते पार्टीको केन्द्रीय कार्यसमिति कार्यालयलाई पत्र पठाउँदै काफ्लेलाई दलबाट निष्कासन गरी प्रदेशसभा सदस्यबाट हटाउने कानुनी कारबाही अघि बढाउन सिफारिस गरेका हुन्। त्यसै दिन संसदीय दलले प्रदेशसभा सचिवालयलाई समेत पत्र पठाउँदै काफ्लेलाई लुम्बिनी प्रदेशसभाबाट निष्कासन गर्न अनुरोध गरेको छ।

    जसपा नेपालले नेपाली कांग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणसहित निरन्तरता दिने निर्णय गरेको जनाएको छ।

    सोहीअनुसार जसपा नेपालले मुख्यमन्त्री आचार्यलाई समर्थन गर्ने र भदौ १ गते प्रदेशसभामा प्रस्तुत विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको थियो।

    तर, प्रदेशसभा सदस्य काफ्ले दलको निर्देशन विपरीत विश्वासको मतसम्बन्धी बैठकमा जानाजानी अनुपस्थित भएको संसदीय दलको आरोप छ।

    दलको निर्देशन उल्लङ्घन गरेको विषयमा भदौ २ गते काफ्लेसँग स्पष्टीकरण माग गरिएको तर उनले जवाफ नदिएको पत्रमा उल्लेख छ। त्यसपछि भदौ ५ गते २४ घण्टे स्पष्टीकरणको मौका दिइए पनि काफ्लेले चित्तबुझ्दो जवाफ वा स्पष्टीकरण नदिएको जसपा नेपाल संसदीय दलले जनाएको छ

  • १० भाद्र २०८३, बुधबार ०८:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित