मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको स्थलगत अवलोकन
  • मार्गरेखा संवाददाता

  • नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गर्नुभएको छ । साथै उहाँले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुन्नुभएको छ ।

    उहाँले नुवाकोटमा भोटेकोशीमा आएको बाढीको प्रभाव एवम् त्यसबाट सृजित क्षतिको जिल्ला सुरक्षा समितिबाट जानकारी लिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यहरुले रसुवा बाढीले जिल्लामा पु¥याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभएको थियो । साथै, प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भईरहेका कामबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउनुभयो ।

    सो क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरु रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभयो । त्यहाँ बाढीबाट प्रभावित नागरिकहरुले भोटेकोशीमा आएको अकल्पनीय बाढीले पु¥याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए । साथै, खोज, उद्धार र राहत एवम पुर्नस्थापनाका लागि सरकार र सहयोगदाता सरोकारावालाले अझ तदारुकता देखाउनुपर्ने बताउनुभएको थियो ।
    राष्ट्रपति पौडेलले आजै बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको त्रिशुलीमा रहेको नेपाली सेनाको क्याम्प तथा रसुवा बाढीप्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभयो ।

  • २२ भाद्र २०८३, सोमबार १२:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित