काठमाडौं असाेज ३ : नेपाली कांग्रेसले १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत आजबाट वडा अधिवेशन सुरु गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज र भोलि वडा अधिवेशनको मिति तय गरिएको हो।
कटुवालले विज्ञप्ति जारी गर्दै ४३ जिल्लाका ३३९६ वडामा अधिवेशनपश्चात निर्वाचन सम्पन्न भएको जानकारी दिए। उनका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्वु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, कास्की, मनाङ्ग, पर्वत, स्याङ्जा, वागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लाका ३३९६ वडामा अधिवेशन पश्चात निर्वाचन सम्पन्न भएको छ।
वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । कटुवालका अनुसार केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन आइतबार पनि निरन्तर जारी रहने छ।










