मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डोल्पाको जुफाल विमान स्थलमा अवतरणका क्रममा जहाजकाे पछाडिको दाहिनेतर्फको चक्का (टायर) फुत्कियाे
  • मार्गरेखा संवाददाता

  • डाेल्पा असाेज ८ ।  नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुनबाट जाेगिएकाे छ । अवतरणका क्रममा जहाजकाे पछाडिको दाहिनेतर्फको चक्का (टायर) फुत्किएर बाहिर निस्किएको थियाे ।

    बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको दाहिने साइडको चक्का फुत्किएर बाहिर निस्किएको हो ।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्ताेष सिंह राठौरका अनुसार उक्त जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए । सवारमध्ये ११ जना पुरुष र २ जना महिला रहेको जनाइएको छ ।

    चक्का फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र अन्य कुनै क्षति नभएको राठौरले जानकारी दिए । जहाज अहिले विमानस्थलको रनवे मै छ ।

    घटनापछि जहाज र त्यसमा सवार यात्रुको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएकाे छ ।

  • ८ आश्विन २०८३, बिहीबार १०:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित