काठमाडौ असाेज ८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ ।
जारी एमाले केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको हो । एक एमाले नेताका अनुसार बैठकले उक्त प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ ।
भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने विषयमा केन्द्रीय कमिटी बैठकबाट निर्णय हुने बताइएको छ










