मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अफगानिस्तानमाथि नेपालको शानदार जित
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । एसियन गेम्स प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

    भर्खरै सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

    अफगानिस्ताले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । सन्दीप जोराले ३४ रन बनाउँदा रोहित पौडेल ३३ रनमा नटआउट रहे । यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

    त्यसअघि जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन जोड्यो ।

    उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । यीबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो । दोस्रो खेल खेलेको अफगानिस्तानले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो ।

    पुरुष क्रिकेटमा १० टोली सहभागी छन् । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सीधै क्वाटरफाइनलमा राखिएको छ । समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन् ।

  • ९ आश्विन २०८३, शुक्रबार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित