काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य मानबहादुर नेपालीले सहमहामन्त्री (समावेशी दलित) पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
पार्टी सङ्गठनलाई थप सुदृढ, एकताबद्ध र समावेशी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको नेपालीले बताए । उनले कांग्रेसलाई नयाँ पुस्तामैत्री बनाउँदै युवाको सक्रिय सहभागिताको अर्थपूर्ण प्रतिनिधित्वलाई थप प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।
आफ्नो उम्मेदवारीलाई सङ्गठनभित्रको समावेशी अभ्यासलाई थप बलियो बनाउने अवसरका रूपमा प्रस्तुत गर्दै नेपालीले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र विश्वासका लागि आग्रह गरेका छन्।









