चितवन फागुन २ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए ।
उनले भने, “सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुंगीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।”
आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए । महामन्त्री थापाले भने, “जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।”
स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए ।
पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा सबै चुकेको अनुभूति भएको उनको भनाइ छ । उनले भने, “पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो । यस कारणले लगानी भए पनि लाभ लिन नसकेको देखिन्छ ।”
देशभरका महासमिति सदस्य केही अनुभव बोकेर काठमाडौं आउँदा महासमितिको बैठकमा यी विषष्मा छलफल हुने महामन्त्री थापाले बताए । निर्वाचनपछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।
उनले भने, “त्यो आफैँमा गलत, संविधानको, लोकतन्त्रको भावनाविपरीत र सिंगो प्रणालीलाई विकृत बनायो ।” निर्वाचनपछि गठवन्धन वन्न सक्ने भन्दै उनले थपे, “कुनै पनि दलले बहुमत ल्याएन भने निर्वाचनपछि गठवन्धन बन्छ । निर्वाचनपछिको गठवन्धनमा पनि त्यसको निम्ति चाहिने संस्कृतिको हामीमा अभाव छ