मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा ३ जनाकाे मृत्यु
  • मार्गरेखा संवाददाता

  • विराटनगर कात्तिक ८ । सप्तकोशी नदीमा भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना हुँदा तीन जनाको मृ*त्यु भएको छ। एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

    उनकाअनुसार अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भएको थियो ।

    इन्जिन फेल भएर बग्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटना भएको डुङ्गामा १६ जना सवार रहेको बताइएको छ । तर, १२ जनाले टिकट काटेको खुलेको छ ।

    प्रहरीका अनुसार ५ जना सकुशल घर फर्किसकेका छन् । १ जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ ।

  • ८ कार्तिक २०८३, आईतवार १८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित