मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

एनपीएल लिग सिजन ३ को विजेताले १ करोड ५० लाख पाउने
  • मार्गरेखा संवाददाता

  • काठमाडौं कात्तिक ८ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।

    प्रतियोगिताको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको आम्दानीमा वृद्धि भएकाले पुरस्कार राशि पनि बढाइएको जानकारी दिए ।

    ‘यस सिजन प्रायोजन (स्पोन्सरसिप) बाट २० करोड र टिकटिङ तथा प्रसारण अधिकार (ब्रोडकास्टिङ) बाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छौँ । एक महिनासम्म चल्ने प्रतियोगिता अवधिभर एनपीएलको कुल (ग्रोस) आम्दानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान छ,’ खड्काले भने, ‘यसैको परिणामस्वरूप पुरस्कार राशिमा पनि वृद्धि गरिएको हो ।’

    यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए ।

    त्यस्तै, यसपटक दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ८० लाख, ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

  • ८ कार्तिक २०८३, आईतवार २०:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित