ट्रकीको आन्ताल्यामा भइरहेको कोप ३१ मा फोर एच नेपालले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम ) को सहयोगमा कार्यशाला (साइड इभेन्ट) सम्पन्न गरेको छ । ‘हिमाली क्षेत्रका युवा आप्रवासन तथा सांस्कृति क्षतिः जलवायु परिवर्तन तथा समाधानका उपाय’ विषयक कोपकार्यशाला आइओएम पेभिलियन अन्तरगत ब्लु जोनमा आयोजना गरिएको थियो ।
कोपकार्यशालामा फोर एच नेपालका संस्थापक अध्यक्ष तथा युवा तथा जलवायु विज्ञ लोकराज अवस्थीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा कसरी हिमाली युवाहरु सामूहिक रुपमा आप्रवासनका लागि बसाइसराइ भइरहेका छन भन्ने विषयलाई प्रमुखताका साथ पेश गरेका थिए ।
कार्यपत्रमा युवा पलायन केबल युवाहरुले आफ्नो समूदाय छोड्नु मात्र है्रन । युवासँग त्यहाँको भविश्य, कलासंस्कृति तथा पहिचानपनि पलायन भइरहेको विषय पनि उठान गरिएको थियो । हिमाली क्षेत्रमा हुने जलवायु संकट, अवसरको कमी, शिक्षा तथा स्वास्थ्यको सुविधा नभएको कारण युवा आफ्नो भविश्य सुनिश्चिताका लागि गाउँबस्ती छोडिरहेको जनाए । उनले जलवायु न्याय पहिले युवालाई हुनु पर्ने माग समेत राखेको थिए ।
कार्यपत्रमा नेपालमा जलवायु परिवर्तनको कारण विशष गरी हिमाली तथा पहाडी क्षेत्रमा संकट बढेको यसको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले तत्काल पहल गर्नुपर्ने जोड दिइएको थियो । साथै गाउँदेखि अन्तराष्ट्रियस्तरसम्म युवाको सहभागिता सुनिश्चित गरिनु पर्ने बताए ।
कोपर्काशालामा प्यानालिस्ट अन्तर्राष्ट्रिय आप्रवासन संगठनका एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय आप्रवासन, वातावरण तथा जलवायु परिवर्तन विज्ञ क्रिस रिक्टरले नेपालमा रहेको युवा आप्रवासनलाई व्यवस्थित बनाउन आइओएमले नजिकबाट काम गरिहेको बताए । युवा आप्रवासनलाई अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको काम तथा पारिश्रमिक तयका लागि नेपाल सरकारसँग काम गरिरिहेका जनाएका छन् । नयाँ आप्रवासन नीतिका लागि आफू नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताए ।
स्यान्टियागो नेटवर्क सचिवालयका जलवायु परिवर्तन तथा विपद् जोखिमसम्बन्धी विज्ञ लोरेन्जो ग्वाडाग्नोले नेपालमा भइरहेका पछिल्ला जलवायु परिवर्तनको प्रभाव बारे आफू निकै चिन्तित रहेको बताए । जलावायु परिवर्तनका कारण नेपालमा हुने हानी तथा नोक्सानी क्षतिपूर्तिका लागि स्यान्टियागो नेटवकले अन्तर्राष्ट्रियस्तरमा पहल गरिहेको समेत बताए । सन् २०२७ मा हानी तथा नोक्सानीका लागि आफू नेपाल सरकारसँग सहकार्य गर्ने र त्यसको लागि पहिलो चरणमा कार्य सम्पन्न भएको बताए ।
फोर एच नेपालले आयोजना गरेको कोपकार्यशालामा अर्का प्यानसलस्ट जलवायु परिवर्तन एवं मानव सुरक्षासम्बन्धी अनुसन्धानकर्ता तथा अभियान्ता साबा नुरिनले हिन्दकुश हिमश्रृंखलामा भइरहेको जलवायु परिवर्तन र त्यसले युवा तथा त्यस क्षेत्रका बासिन्दा पारेको असरको बारेमा आफ्नो धारणा व्यक्त गरेकी थिइन ।
कार्यक्रममा हिमाली क्षेत्रका युवाहरू किन आफ्नो पुख्र्यौली थलो छाड्न बाध्य भइरहेका छन् । युवा पलायनसँगै हिमालले के–कस्ता सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्पदा गुमाउँदैछ । अनि जलवायु अनुकूलन, उत्थानशीलता तथा दिगो जीविकोपार्जनका अवसरमार्फत हिमाली समुदायलाई आफ्नै भूमिमा बस्न सक्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा कार्यक्रम सहजीकरण युवा अभियान्ता सुस्मिता अधिकारीले गरेकी थिइन । कोप









