राैतहट मंसिर ११ । नेपाली कांग्रेसकाे १५ ओैँ महाधिवेशन तयारी समितिका संयाेजक डा शशांक काेईरालाले १४ ओै महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएकाे बताउनुभयाे । नेपाली कांग्रेसको १५ नियमित महाधिवेशन अन्तरगत राैतहट जिल्ला अधिवेशन उदघाटन गर्दै आधिकारिक कांग्रेस भएका कारण १५ ओैा महाधिवेशन सम्पन्न गर्न लागेकाे बताउनुभयाे ।
उहाँले नेपालमा अहिलेकाे अर्थतन्त्र जग नेपाली कांग्रेसको २०४८ सालकाे सरकारले तयार पारेकाे बताउनुभयाे । डा काेईरालाले आर्थिक तथा बहुदलिय संसदीय राजनीतिकाे जग गिरिजाप्रसाद काेईराला नेतृत्वको सरकारले बसाएकाे उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो – “२०४८ सालमा कांग्रेसकाे सरकारले गाउँ गाँउमा बाटाे, विजुली, शिक्षा, स्वस्थ्यकाे आधारशिला तयार पारेकाे हाे । त्यही सरकारले विश्वविद्यालयकाे संख्या एयरलाइन्सकाे संख्या बृद्धि गरेकाे हाे ।”
उहाँले नेपाली कांग्रेसले आफूले गरेका कामकाे प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएकाे भाष्य बनेकाे बताउनुभयाे ।
उहाँले नेपाली कांग्रेसका आदर्श सिद्धान्त राम्रो भएका कारण साथीहरू सबै समेटन सके कांग्रेस बलियाे बन्ने बताउनुभयाे । उहाँले भन्नुभयाे- “त्यसैले कांग्रेसले महाधिवेशन मार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ ।”









