मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
  • मार्गरेखा संवाददाता

  • निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँले बढेर आएको छ । अहिले निगमलाई प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा छ ।

    तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

    अहिले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० र डिजेलको मूल्य १५७.५० रुपैयाँ छ ।

    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ छ ।

    तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ छ ।

    ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ छ ।

  • १७ फाल्गुन २०८०, बिहीबार २१:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित