काठमाडौं चैत्र ८ । नेपाली कांग्रेसका सांसद विनोद चौधरी संग सिआईबीले बिहानै देखि सरकारी वकिलको कार्यालयमा चौधरीको बयान सुरु भएको गरेकाे छ ।
स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए ।
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।
ब्यूरोका एक उच्च अधिकारीले चौधरीको बयान सुरु भएको बताए । “उहाँ हाम्रो सम्पर्कमा आएपछि बयान सुरु भएको छ, बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण भएको विषयमा अनुसन्धान थालिएको थियो ।