नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।उनीमाथि खुकुरी हानेको आरोपमा सुशीलबाबु सापकोटलाई प्रहरीले पक्रेको छ ।यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।