काठमाडौ बैशाख ३१ । नेपाली काँग्रेसका भ्रातृ संगठनहरुले सहकारी ठगी प्रकरण विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल महिला संघले भोलि र नेपाल तरुण दलले पर्सि राजधानीमा विरोध र्याली निकाल्ने तयारी थालेका छन् ।
भोलि दिउँसो साढे १ बजे रत्नपार्कबाट विरोध र्याली सुरु हुने महिला संघले जनाएको छ । त्यस्तै पर्सि दिउँसो १२ बजे माइतीघरबाट नयाँ बानेश्वरसम्म र्याली निकाल्ने तरुण दलको तयारी छ ।
तरण दलले आज जारी गरेको विज्ञप्तिमा जेठ २ गते दिनको १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सहकारी ठगी विरुद्ध र्याली निकाल्ने निर्णय गर्दै आम सहकारी पीडितहरुलाई पनि विरोध र्यालीमा सहभागिताको लागि आह्वान गरिएको छ ।