मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे डुडुवा गाउपालिकाद्धारा अग्निपिडितलाई नगदसहित राहत वितरण
  • मार्गरेखा संवाददाता

  • डुडुवा (बाँके), ६ असार । बाँके डुडुवा गाउँपालिका–१ छिटईपुर्वा पाझा गाउँका अग्निपिडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिकाले अग्नीपिडितलाई नगदसहित त्रिपाल, चाउ चाउ, नमकिन, चिउरा, गुण (मिठाई) र पानी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

    उहाँका अनुसार प्रत्येक घरधुरीलाई तत्कालको खाजा सेटसंगै प्रति घरधुरीलाई नगद रु दुई हजार वितरण गरिएको छ । बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३४ घर जलेर नष्ट भएको थियो । पालिका अध्यक्ष चौधरीको नेतृत्वमा राहत सामाग्री लिएर गएको टोलीले अग्निपिडितलाई राहत वितरण गरिएको हो ।

    अग्नीपिडितसंग अध्यक्ष चौधरीले भेटघाट गर्दै आगलागी र क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँसंगै गएको स्वास्थ्यकर्मी टोलीले स्थानीयहरुको स्वास्थ्य समेत परिक्षण गरेको थियो ।

    फुसको घरहरु जलेर नष्ट भएपछि विस्थापित भएका परिवारहरु गाउँपालिकाले निमार्ण गरेको आश्रय स्थालमा बसीरहेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको उपस्थिती रहेको थियो ।

    अग्नीपिडितहरुलाई जिल्ला विपद् समितिले राहत स्वरुप केही नगद वितरण गरेको थियो ।

     

  • ७ असार २०८१, बिहीबार २१:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित