मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मन्त्री छान्न कांग्रेसले बनाएको मापदण्डमा के के छन
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असार २९ ।   नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्री छान्न मापदण्ड बनाएको छ।

    शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी सरकारमा सहभागी हुने निर्णय गर्दै सरकारमा जाने मन्त्री छान्नका लागि मापदण्ड बनाएको हो।

    मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय गरिएको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

    उनले प्रधानमन्त्रीको शपथ ग्रहणसँगै मन्त्रीहरूले सपथ ग्रहण गर्ने बताए।

    ‘प्रधानमन्त्रीको सपथ ग्रहण पर्सी होला। सपथ ग्रहण सँगसँगै मन्त्रीहरूको पनि सपथ हुन्छ,’ उनले भने।

    कसलाई पठाउने भन्नेबारे भने आन्तरिक गृहकार्य भइरहेको उनले बताए।

    पटकपटक पठाएर हुँदैन। एकैपटक पठाउने हो। त्यसका लागि आन्तरिक गृहकार्य भइरहेको छ,’ उनले भने।

    शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न ५ बजेसम्मको समयसीमा दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए।

  • ३० असार २०८१, शनिबार १७:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित