मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्बाचन बेला जनता बिच गरेका बाचा २ बर्षमा राप्ती सोनारीका प्रत्येक जनतालाई बाटो,स्वास्थय र शिक्षमा पहुच बनाउन सफल राप्ती रोनारी गाउँपालिका बाँकेका अध्यक्ष तप्त पौडेल
  • मार्गरेखा संवाददाता

  • २०७९ साल बैशाख ३० गते भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा तप्त बहादुर पौडेल निर्वाचित हुनुभयो । पाँच वर्षीय कार्यकाल अन्तर्गत दुई वर्षको समयसीमा पूरा भएको छ । जनप्रतिनिधिहरुले यो अवधिमा गरेका कामहरुको प्रारम्भिक रुपमा समिक्षा गर्ने बेला आएको छ । गाउँपालिकाका अध्यक्ष पौडेलले यो दुई वर्षीय अवधिलाई कसरी लिनुभयो ? काम गर्दाको अनुभव, सहजता र चुनौती के के पाइयो भन्ने विषयमा अन्तरवार्ता प्रस्तुत गरिएको छ ः
    तपार्इं निर्वाचित भएको दुई वर्ष पूरा भयो, कस्तो अनुभव भइरहेको छ ?
    बैशाख ३० मा स्थानीय तहको निर्वाचन भयो । जेठको पहिलो साता परिणाम आयो । लगत्तै बजेट निर्माण गर्नुपर्ने भयो । तत्काल बजेट निर्माण गर्दा धेरे कुराहरु सिकाईको रुपमा रह्यो । करीब ५÷६ महिना अल्मलिएकै अवस्था रह्यो । अहिले पालिका एउटा लयमा हिंडेको छ । जनप्रतिनिधिहरुले पनि धेरै कुराहरु सिक्नुपर्ने रहेछ भन्ने अनुभव भएको छ । जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्न जरुरी छ भन्ने कुराको बोध भएको छ । यो अवधिमा हामीले थुप्रै कानुनहरु निर्माण गरेका छौं । र, अहिले पालिकालाई विधि र पद्धतिमा हिँडाउने बाटो तय गरेका छौं ।

    यो दुई वर्ष अवधिको कामको समिक्षा गर्नु पर्दा ?

    पहिलो त सेवा प्रवाहका हिसावले हामीले कानुन निर्माण गर्न सक्यौं । दोस्रो भौतिक पूर्वाधारका कामहरु पनि अघि बढेका छन् । आर्थिक वर्ष ०७९÷०८० मा गाउँपालिकाभित्र २ हजार ८ सय ४३ मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । विकट भनिएका ठाउँहरुमा पनि बाटो पुगेको छ । जसका कारण नागरिकहरुलाई सडक सञ्जालसँग सहज पहुँच स्थापित गरिएको छ । अर्को स्वास्थ्यमा हामीले सबै वडामा वर्थिङ सेन्टर निर्माण गर्ने गरी काम गरिरहेका छौं । एउटा वडामा कम्तीमा १० हजारमाथिको जनसंख्या छ । त्यहाँका नागरिकहरुलाई सहजरुपमै स्वास्थ्य सेवाको पहुँच हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले भएका स्वास्थ्य संस्थालाई स्तरवृद्धि गर्दै लैजाने काम भइरहेको छ । कुसुम स्वास्थ्य चौकीमा ल्यावसहितको सेवा प्रारम्भ गरिएको छ । यसअघि त्यस क्षेत्रका नागरिकहरु सामान्य ल्याव परीक्षणका लागी छिमेकी जिल्ला दाङको लमही वा बाँकेको कोहलपुरमा जानुपर्ने बाध्यता थियो । स्वास्थ्य, शिक्षा र कृषि जस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेर काम भइरहेको छ । जेष्ठ नागरिकलाई समेत उनीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर    निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

    कानुन निर्माणको बिषय उठाउनुभयो, के कस्ता कानुन निर्माण भए ?

    स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय सरकारलाई कानुन बनाउन सक्ने अधिकार दिएको छ । हामी आएपछि ५० बढी कानुन, कार्यविधि र निर्देशिका जारी भएका छन् । १४औं गाउँसभामा मात्रै ९ वटा ऐन र कार्यविधि पारित गरेका छौं । त्यो भन्दा अगाडि १२औं र १३औं गाउँसभा तथा कार्यपालिकाबाट झण्डै ४० वटा ऐन, कार्यविधि, मापदण्ड, निर्देशिका पारित भएका छन् । अहिलेसम्म करीब ७० वटा ऐन र कार्यविधि पारित भइसकेका छन् । वास्तवमा अब हामीलाई आवश्यक पर्ने कानुनहरु तयार भएका छन् । अब कानुनसम्मत ढंगले पालिकाका हरेक गतिविधि चल्ने कुरा पूरा भएको छ । कतिपय संघ र प्रदेश सरकारसँगको साझा सूचीमा रहेका अधिकारहरु छन्, ती कुराहरु अझै पूर्णरुपमा भएका छैनन् भन्ने मलाई लाग्छ । अहिले पनि संघ सरकारले बनाउनुपर्ने कानुनहरु स्पष्ट गर्न सकेको छैन । प्रदेश सरकारले गर्न सकेको छैन । जसले गर्दा स्थानीय सरकारले अझै पनि पूर्ण कानुन निर्माण गर्न सकिरहेको छैन ।

    सुशासनका क्षेत्रमा के कस्ता काम भइरहेका छन् ?

    सुशासनका क्षेत्रमा हामीले पारदर्शी ढंगले कामहरु जनतासमक्ष पुगोस् भन्ने हिसाबले गरिरहेका छौं । वेबसाइट बनाएका छौं । पालिकाले गर्ने हरेक गतिविधिहरु वेबसाइटमा राख्ने गरिएको छ । महत्वपूर्ण कार्यक्रमहरुको प्रत्यक्ष भिडियो लाइभ गर्ने गरिएको छ । मिडियाबाट पनि हामीले सार्वजनिक गर्ने गरेका छौं । हामीले सूचना अधिकारी पनि तोकेका छौं । जे होस् हामीले नागरिकलाई समस्या परेको समयमा सेवा प्रवाह गरेर सुशासन कायम गर्न सकेका छौ भन्ने मलाई लाग्छ ।

    संस्थागत सुधार पनि भइरहेको छ ?

    आर्थिक वर्ष २०७९÷८० को स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को तथ्यांकले पनि राप्तीसोनारीमा संस्थागत सुधार भएको तथ्य बोल्छ । हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि पालिकाको संस्थागत सुधारकै निमित्त लामो समय खर्चिनुप¥यो । हामी निर्वाचित हुनु पहिले राप्तीसोनारीको संस्थागत सुधारको अवस्था हेर्दा दयनीय थियो । केवल ४९ अंकमा खुम्चिएको थियो । पछिल्ला दुई वर्षको अथक प्रयासका बीच संस्थागत सुधारमा राप्तीसोनारीले एक हिसावले भन्नुपर्दा छलाङ नै मारेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ४९ अंक थियो । हामी आइसकेपछि आर्थिक वर्ष २०७८÷७९ मा यसलाई सुधार गर्दै ६७.२५ मा पु¥यौं । आर्थिक वर्ष २०७९÷८० मा भने थप सुधार हुँदै ७४.२५ प्रतिशत अंक हासिल भएको छ । कम्तीमा पनि हामीले विधि र पद्धतिमा राप्तीसोनारी गाउँपालिका चलिरहेको छ भन्ने सन्देश दिन सफल भएका छौं ।

    स्थानीय सरकार जनतासँग नजिक रहने सरकार हो । जनतासँग कति जोडिएको अनुभव भएको छ ?

    तपाईंले एकदमै सही प्रश्न गर्नुभयो । हामी जनताको सबैभन्दा नजिकको सरकार हो । विहान बेलुका राती अर्थात चौविसै घण्टा हामी जनतासँग हुन्छौं । हामीले जनतासँग जोडिन सडक, खानेपानी, विद्युत मात्र लगेर हुँदैन । जनताको जबसम्म जीवनस्तरमा परिवर्तन हुदैन, आर्थिक परिवर्तन आउँदैन, तबसम्म बाटो र विद्युतले मात्र नागरिकलाई पुग्दैन । त्यसकारणले हामीले कृषिलाई व्यवसायिक, आधुनिकीकरण, यान्त्रिकीकरण गर्नुपर्छ भनेर यन्त्रहरु वितरण गरेका छौं । निःशुल्क वीउविजन उपलब्ध गराउनेदेखि प्राविधिकहरु समेत परिचालन गर्ने गरेका छौं । राप्तीसोनारी गाउँपालिका बाख्रापालनको लागि उपयुक्त पालिका हो । जंगल क्षेत्रसँग जोडिएका कारण खासगरी वडा नं. १, २, ८ र ९ मा बाख्रापालन गर्ने किसानको संख्या धेरै छ । यो एक हिसावले बाख्रापालनको लागि पकेट क्षेत्र नै हो । धेरैजसो नागरिकलाई उद्यमतिर लैजानुपर्छ भनेर कृषि पेशालाई व्यवसायिक बनाउन प्रोत्साहित गरिरहेका छौं । अब नागरिकलाई आर्थिक विकासमा जोड्न आवश्यक छ । किनभने पूर्वाधार विकास भइसकेपछि नागरिकको उत्पादन बजारसम्म पुग्न सम्भव हुन्छ । जनतासँग प्रत्यक्ष जोडिने गरी हामीले काम गर्दै आइरहेका छौं ।

    चुनौतीहरु के कस्ता आइरहेका छन् ?

    सामान्यता चुनौती भन्दा पनि नियम कानुन नबनाउँदा जनतालाई दिनुपर्ने सेवाहरु तत्काल दिन नसक्दा केही अप्ठेराहरु भएकै हुन् । तर अब धेरै कानुनहरु निर्माण भइसकेका छन् । जनताका असीमित मागहरु छन् । हामीसँग सीमित स्रोतसाधन छ । मागका आधारमा स्रोतसाधनले पूर्ति गर्न सम्भव हुँदैन । तथापि माग र आवश्यकताका आधारमा प्राथमिकीकरण गरेर जनताका मागहरुलाई सम्वोधन गर्ने प्रयास गरिरहेका छौं ।

  • २ श्रावण २०८१, बुधबार ०९:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित