३२ असार २०८२, बुधबार
Margarekha
३२ असार २०८२, बुधबार
    गृहपृष्ठ मुख्य समाचार अन्तर्राष्ट्रिय राजनीति विचार/ब्लग खेलकुद अर्थ भिडियाे
Margarekha
गृहपृष्ठ
मुख्य समाचार
विचार/ब्लग
अन्तर्वार्ता
अन्तर्राष्ट्रिय
राजनीति
समाज
खेलकुद
अर्थ
मनोरन्जन
जीवनशैली
स्वास्थ्य
शिक्षा
धर्म/संस्कृति
भिडियाे


मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : margarekha@gmail.com

सर्च गर्नुहोस्

आज पनि देशभर वर्षा हुने पूर्वानुमान सतर्कता अपनाउन अनुरोध
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ साउन २३। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । त्यसैगरी विभागले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ । आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहने जनाउँदै विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको क्षतिबाट बच्न जोगिन तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
  • २३ श्रावण २०८१, बुधबार ०७:५२ प्रकाशित
  • तपाईको प्रतिक्रिया दिनुहोस्
    Nabintech
    ताजा खबर

    आज असार ३२ गते बुधबारकाे राशिफलमा वृष, कर्कट र मकर राशिका व्यक्तिहरूको अधुरा काम पूरा हुनेछन् र उनीहरूले शुभ समाचार पाउन सक्छन् अन्य राशिहरूकाे शुभ अशुभ थाहा पाउनु हाेस

    जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

    अफिम र नक्कली नोटसहित कोहलपुरबाट पत्रकार पक्राउ

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए

    परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप

    सम्बन्धित

    आज असार ३२ गते बुधबारकाे राशिफलमा वृष, कर्कट र मकर राशिका व्यक्तिहरूको अधुरा काम पूरा हुनेछन् र उनीहरूले शुभ समाचार पाउन सक्छन् अन्य राशिहरूकाे शुभ अशुभ थाहा पाउनु हाेस

    जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

    अफिम र नक्कली नोटसहित कोहलपुरबाट पत्रकार पक्राउ

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए

         

    सम्पर्क

    मधु मिडिया प्रा.ली.द्धारा संचालित

    सुचना विभाग द. नं. : ६७८-०७४/७५

    ठेगाना : कोहलपुर-१0, बाँके

    फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

    ईमेल : margarekha@gmail.com

     

    हाम्राे टिम

             

    प्रबन्ध निर्देशक : मधु याेगी

    सम्पादक : रूपन ज्ञवाली

    प्रधान सम्पादक : प्रेम के.सी.

    पाेर्चुगल समाचारदाता : मन्जु सिटाैला  

    काठमाडौ समाचारदाता : लक्ष्मण के सी

    अधिवक्ता/कानूनी सल्लाहकार : प्रदिप सत्याल

    हाम्राे फेसबुक


    Copyright © 2017-2025, Margarekha, सर्वाधिकार सुरक्षित.
    Site By : Nepsyscode.