मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

    विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् ।

    वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।

    तर, दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले जानकारी दिएको बीबीसीले बताएको छ ।

    सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् ।

    घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको छ ।

    दुर्घटनाको खबरपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले दुर्घटना धेरै दुखद् भएको बताएका छन् ।

    साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी नभएको जनाएको छ ।

  • २६ श्रावण २०८१, शनिबार ०७:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित