मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं भदाै १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलले आवश्यक ठानेमा संविधान संशोधन हुनसक्ने बताएका छन् ।

    पत्रकार दीर्घराज उपाध्यायले लेखेको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई अटाउने संविधान बनेको जिकिर गरे ।

    उनले भने, ‘बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्छ, संविधानमा कति कुरा संशोधन हुनसक्ने अवस्था पनि छ । सबैले आवश्यक ठान्यो भने संशोधन हुनसक्छ । अहिलेको संविधान समावेशी छ, समावेशिताको विषयमा पनि केही कुराहरु छन्, कति मानिसहरु चुनाव जित्न सक्दैनन्, त्यसका लागि समावेशिता पनि आवश्यक छ ।’

    संविधानमा भएका कमीकमजोरीलाई सुधारेर अगाडि बढ्नुपर्ने सभापति देउवाको भनाइ छ ।

  • १४ भाद्र २०८१, शुक्रबार १९:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित