मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघ बाँकेमा तालबन्दी सदस्यता सूची नसच्याए सम्म निर्वाचन हुन नदिने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज भदाै ३० । नेपाल पत्रकार महासंघले   असोज १२ गतेका लागि सार्वजनिक गरिएको पत्रकार महासंघको निर्वाचन प्रयोजनको लागि प्रकाशित मतदाता नामावलीमा विभेद गरिएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा आईतबार  तालाबन्दी गरिएको छ ।

    प्रेस चौतारी नेपाल र प्रगतिशिल पत्रकार संघ बाँकेले संयुक्तरुपमा महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् । नयाँ सार्वजनिक गरिएको मतदाता नामावलीमा चरम लापरवाही र विभेद गरिएको भन्दै तालाबन्दी गरिएको प्रेस चाैतारी नेपाल बाँकेका  अध्यक्ष दुर्गा  राेकाय बताए ।

    एकै स्थानका शिक्षक, कर्मचारी र गैरसरकारी संस्थाकर्मीको एउटा पक्षधरको नाम समावेश भएर आउँदा आफ्ना पक्षका सबैको नाम काटिएको भन्दै चौतारी र प्रगतिशिल पत्रकारसंघले तालाबन्दी गर्नु परेको उनले बताए । राेकायले बाँकेको सदस्यता सूची नसच्याएसम्म निर्वाचन हुन नदिने पनि बताए ।

    महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले राजिनामा दिएपछि कार्यबाहक अध्शयक्ष रमेश बिष्टले नयाँ मिति तय गर्दै निर्वाचन समितिलाई सिफारिस गरे अनुसार हिजो मात्र महासंघको नयाँ मतदाता नामावली सार्वजनिक भएको थियो ।

  • ३० भाद्र २०८१, आईतवार १९:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित