मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बुटवलको सुप्रिम सहकारीसँग कसरी जोडिएका छन् रवि ?
  • मार्गरेखा संवाददाता

  • कात्तिक २ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले तीनवटा अभियोगमा अनुसन्धान गरिरहेको छ । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

    कास्की जिल्ला अदालतले पछिल्लोपल्ट १३ दिन अनुसन्धानका लागि थप म्याद दिएपछि उनलाई भैरहवा नै लगेर बयान लिन लागिएको प्रहरीले जनाएको छ । यसअघि हिजो नै भैरहवा लैजाने तयारी गरिएको थियो ।

    लामिछानेमाथि अनुसन्धान गर्न यसअघि जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिइसहेको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी तरिकाले लगेको पाइएको छ ।

    सो सहकारीबाट एक करोड ९६ लाख लामिछानेकै नाममा रहेको बैंक खातामा गएको देखिएको छ ।  सोही विषयमा लामिछानेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रवि लामिछानेलाई कारबाही सिफारिस गरेको थियो ।

    समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन गएको भदौ ३१ गते सभामुख देवराज घिमिरेलाई बुझाएको थियो ।  उक्त प्रतिवेदन गृह मन्त्रालयले असोज पहिलो साता प्रहरीलाई कार्यान्वयनका निम्ति पठाएको थियो ।

    सूर्यदर्शन, साहारा, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीबाट गोर्खा मिडियामा ६५ करोडभन्दा बढी रकम आएको र त्यसमा लामिछाने प्रबन्ध निर्देशक भएकाले जवाफदेही हुनुपर्ने माग संसदमै उठेको थियो ।

    लामिछानेको बयान सकिएपछि कास्की नै पठाइने भएको छ ।

    “बयान सकिन कति समय लाग्छ त्यसपछि हामीले कास्की नै पठाउछौँ,” रुपन्देहीका एक प्रहरी अधिकृतले भने ।

    कम्तिमा पनि तीन दिन उनलाई रुपन्देही राख्ने तयारी छ । साभार : बाह्र खरि अनलाइनबाट

  • २७ कार्तिक २०८१, मंगलवार ११:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित