मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बझाङमा समयमै स्ट्रेचर नपाउँदा गर्भवती महिलाको बाटोमै ज्यान गयो
  • मार्गरेखा संवाददाता

  • बझाङको केदास्युँ गाउँपालिकामा गर्भवती महिलाको मृत्यु भएको छ । अत्यधिक रक्तस्रावका कारण केदारस्युँ( १ डुडिलका उमेश बोहराकी श्रीमतीको अस्पताल जाने क्रममा सोमबार बिच बाटोमै मृत्यु भएको हो । गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्था थियो । तर, गाउँमा एक स्ट्रेचर समेत नहुँदा उनलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन सकिएको थिएन ।

    अत्यधिक रक्तस्रावका कारण उनको बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् । परिवार र गाउँलेहरूले स्ट्रेचर नपाउँदा समयमै अस्पताल पुर्‍याउन नसकिएको बताउँदै गम्भीर दुःख व्यक्त गरेका छन् ।

    डुडिल क्षेत्र लगायत केदारयुँ गाउँपालिकाका दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच नहुनु र आधारभूत उपकरणको अभावले धेरैले ज्यान गुमाउनु परेको स्थानीयहरूको भनाइ छ ।

    स्थानीय बासिन्दाले तत्काल गाउँपालिका र सम्बन्धित निकायलाई दुर्गम क्षेत्रमा स्ट्रेचर र अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग गरेका छन् । यो घटनाले स्वास्थ्य सेवा र सुविधा अभावले ग्रामीण क्षेत्रमा कस्तो प्रभाव पारिरहेको छ भन्ने प्रस्ट पारेको छ ।

    डुडिलकी गर्भवती महिलाको मृत्यु घटनामा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले डुडिल टोलमा स्ट्रेचर भएको र घटनाको समयमा गाउँपालिकाबाट एम्बुलेन्स समेत पठाइएको दाबी गरेकी छिन् । उपाध्यक्ष धामीका अनुसार समस्या उत्पन्न हुँदा स्थानीयले समयमा जानकारी नगराउने र घटना घटिसकेपछि मात्रै सूचना दिने प्रवृत्तिले कठिनाइ बढ्ने गरेको छ । उनले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा सुधारका लागि थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

  • २२ पुष २०८१, सोमबार १८:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित