नेपालगन्ज, माघ ७ गते – नेपालगञ्ज १०स्थित आदर्श माध्यमिक विद्यालयले आज/सोमबारदेखि स्पोर्ट मिट सञ्चालन गरेको छ ।
विद्यालयका सह प्रचार्य टंक प्रसाद गौतमकाअनुसार स्पोर्ट मिटमा फुटबल, भलीबल, लङ जम्प, दौड, खोखो, कुर्सी दौड, सर्टफुट, व्याडमिन्टन, लगायतका खेलहरु हुनेछन । विद्यालयका अभिभावक विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै शारीरिक तन्दुरुस्ती र खेल भावना विकास गर्ने उद्येश्यले ९ गतेसम्म मिट सञ्चालन गर्नेछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा जारी स्पोर्ट मिटमा विभिन्न प्रकारका रोमाञ्चक खेल प्रतियोगिताहएवं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइले झण्डोत्तलन गर्दै स्पोर्ट मिटको उदघाटन गर्नु भयो । प्रमुख अतिथी रहनु भएका अध्यक्ष चौलागाईले स्पोर्ट मिटले खेल भावना जागृत गर्नुका साथै प्रतिस्पर्धात्मक माहोलमा आफूलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले माध्यामिक तहबाटै सञ्चार र पत्रकारिताको पढाई गरिनु पर्ने बातावरणमा जोड दिदै उहाँले शिक्षकहरुलाई सञ्चार शिपको आवश्यक्ता पनि औल्याउनु भयो । आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष सन्जय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका बाँकेका अध्यक्ष नविन गिरी, विद्यालयका प्राचार्य विरभान केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । स्पोर्ट मिटले सहभागीहरूको प्रतिभा उजागरसँगै विद्यार्थीहरूको क्षमता र जोशलाई बढावा दिने विश्वास गरिएको छ ।
पाठ्यक्रममा आधारित नियमित अध्यापनसँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुको लगाव प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरुपमा यस्ता कार्यक्रम गर्दै आएको छ ।