रुपन्देहीमा बालिकाको बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका–३, गौरीटोलका २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा छन् ।
१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीहरूमाथि आरोप छ । बिहीबार (फागुन १) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
गएको मंगलबार राति ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसै गरि
दाङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथ छन् ।
१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बिहीबार (फागुन १) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
बालिकालाई स्थानीय जंगलमा लगेर बुधबार बिहान बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।